Press Statement
पत्रकार श्रेष्ठ पक्राउको निन्दा
24 May, 2016नेपाल पत्रकार महासंघका सभासद चन्द्रमान श्रेष्ठलाई प्रकाशित समाचारलाई लिएर प्रहरीले हिजो साँझ पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सन्देश अनलाइनमा नेपाली कांग्रेसका नेता गगन थापाका सम्वन्धमा समाचार प्रकाशित भएपछि नेता थापाको उजुरीको आधारमा पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको थियो ।
समाचारमा चित्त नबुझे या कुनै गुनासो रहे कानुनी उपचारका मार्गप्रशस्त हुँदाहुँदै एक स्थापित पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको प्रहार हो भने सञ्चारमाध्यमका सन्दर्भमा आकर्षित नै नहुने साइवर अपराधमा फसाउन खोज्नु संविधान र कानूनको वर्खिलाप पनि हो । महासंघ यो घटनाको निन्दा गर्दछ र पदको दुरुपयोग गर्ने कार्यमा संलग्न प्रहरीमाथि कारवाही गर्न सरकारसँग जोड्दार माग गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here