Press Statement
पत्रकार यादवमाथि हातपातको विरोध
22 Nov, 2016नेपाल प्रेस युनियनका सदस्य तथा नागरिक दैनिक सिराहाका संवाददाता मिथिलेश यादवमाथि समाचार संकलनका क्रममा लहानस्थित लिला मदन अस्पतालका संचालक मनोज साह, डाक्टर दिलिप कुमार यादव र कमर्चारी धनञ्जय यादवले हातपातको प्रयास गर्दै सञ्चार साधन फुटाएको विषयमा नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका बिषयमा नेपालको अवस्था कमजोर रहेको तथ्य सार्वजनिक भइरहँदा यो घटनाले सञ्चारकर्मी अझै पनि भयमै समाचार संकलन गर्न वाध्य छन् भन्ने देखाएको छ।
नेपाल प्रेस युनियन, समाचार संकलनका क्रममा सञ्चारकर्मी मिथिलेश यादवमाथि आक्रमण गर्नेहरुलाई तत्काल छानवीन गरि कार्वाहीको दायरामा ल्याउन जोडदार माग गर्दछ ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, June 2022 06/15/2022 Download
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download