Press Statement
पत्रकार र सञ्चामाध्यममाथि आक्रमण हुनु निन्दनीय
09 Jun, 2017प्रसारित कार्यक्रमको विषयलाई लिएर नेपाल पत्रकार महासंघ हुम्ला शाखा अध्यक्ष एवं सामुदायिक रेडियो कर्णाली आवाजमा कार्यरत अर्जुन बोहरामाथि भएको आक्रमण र रोडियो प्रस्तोता मिमसिंह नेपालीमाथि भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघ हुम्ला शाखाका अनुसार हिजो बेलुकी ९ः५५ बजेतिर मादक पदार्थ सेवनगरी आएका स्थानीय मानसरोवर माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाही लगायतका शिक्षकको समुहले पत्रकार बोहरामाथि आक्रमण गर्नुका साथै कार्यक्रम प्रस्तोता नेपालीलाई दुव्र्यवहार गरेका थिए । साथै, सो समुहले रेडियो कर्णालीको कम्प्यूटर, प्रिन्टर, ल्यापटप लगायतका सञ्चार सामग्रीसमेत तोडफोड गरेका थिए ।
शिक्षण पेशाजस्तो बौद्धिक क्षेत्रमा कार्यरत व्यक्तिहरूबाट पत्रकार र सञ्चामाध्यममाथि आक्रमण र दुव्र्यवहार हुनु आफैंमा निन्दनीय र लज्जास्पद कार्य हो । महासंघ पत्रकारद्वयमाथि भएको यो घटनाको भत्र्सना गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न र आगामी दिनमा यस्ता घटना नदोहोरिनेतर्फ ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here