Press Statement
पत्रकार लोकेन्द्र खनालमाथि नियोजित सांघातिक आक्रमण
09 Nov, 2018नेपालीहरुको महान चाड तिहार मनाइरहेका बेला समेत सत्तारुढ ने क पा रुकुम पश्चिमका कार्यकर्ताहरुले गरेको नियोजित सांघातिक आक्रमणमा परि नेपाल प्रेस युनियन रुकुम पश्चिमका सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनाल गम्भिर घाइते भएको घटनाले नेपाल प्रेस युनियन अत्यन्तै आक्रोशित भएको छ।
नेकपामा क्रियाशिल रहेका पूर्व माओवादी नेता कार्यकर्ताहरुको समुहले खनाललाई छुरी प्रहार गरि गम्भिर घाइते बनाएका छन्। खनालसँगै भलिवलका राष्ट्रिय खेलाडी दिपक कुसारी, मदन कुसारी रिजाल सहित थप १२ जना व्यक्तिहरुलाई समेत ने क पा रुकुमका कार्यकर्ताहरुले सांघातिक आक्रमण गरेका छन्।
अपरान्ह साढे ४ वजेतिर रुकुम वाफिकोट ६ मग्माका स्थानिय सोनु परियारको शुद्धी कार्यक्रममा जाँदै गरेका खनाल, कुसारी सहितका व्यक्तिहरुलाई कमलजंग खनाल, कर्ण बहादुर कुसारी, कमोद कुसारी, विकास कुसारी, कनिल कुसारी, अमरसिंह कुसारी लगायत ने क पा रुकुमका दर्जनौंका संख्यामा आएका कार्यकर्ताहरुले सांघातिक आक्रमण गरेका थिए। आक्रमणमा परि घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम खलङ्गामा लगिएको छ।
दशैंको बेलामा समेत वाफिकोटका स्थानिय तह र रुकुम पश्चिमका स्थानिय प्रसासनले नेपाल लोकतान्त्रिक खेलकुद संघले गरेको कार्यक्रम बल प्रयोग गरेरै रोकेको थियो। त्यसयता रुकुम पश्चिममा ने क पाका कार्यकर्ताहरुले डरको वातावरण सिर्जना गर्दै आएका छन्। भाइटीकाको दिन नै भएको यो आक्रमण राज्य संरक्षित गुण्डागर्दीको उदाहरण हो।
नेपाल प्रेस युनियन राज्य संरक्षित गुण्डागर्दीमा परि गम्भिर घाइते भएका खनालको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्काल उपचारको लागि व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गर्दछ। साथै गुण्डागर्दीमा उत्रिएका व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिइ कडा भन्दा कडा कार्वाही गर्न माग गर्दछ। दोषीहरुलाई कार्वाहीमा ढीलासुस्ती गरिए देशभरका पत्रकार साथीहरुलाई लिएर सरकार विरुद्ध नै आन्दोलित हुने समेत चेतावनी दिन चाहन्छौ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here