Press Statement
पत्रकार शर्माको उपचारमा सहयोग पुर्याउन महासंघको अपिल
30 May, 2016ब्लड क्यान्सरबाट गम्भीर विरामी भई भक्तपुर अस्पतालमा उपचार गराइरहनु भएका नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष एवं अग्रज पत्रकार शालिकराम शर्माको उपचारमा आर्थिक सहयोग पुर्याउन नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले ‘पत्रकार शालिकराम शर्मा उपचार अभियान’ सुरु गरेको छ ।
मोफसलमा रहेर दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय शर्मा हाल सल्यानी सन्देश र रेडियो शारदा एफएममा आवद्ध हुनुहुन्छ । गम्भीर रोग लागेका शर्माको निजी स्रोतबाट उपचार गराउन सम्भव नभएपछि उपचारमा आर्थिक सहयोग जुटाउन महासंघले यो अभियान सुरु गरेको हो । अभियान आरम्भ गर्दै आजै नेपाल पत्रकार महासंघका तर्फबाट पत्रकार शर्माको उपचारका लागि रु. २५,०००।– (पच्चीस हजार) उहाँको उपचारको लागि महासंघले आहृवान गरेको सहयोग खातामा जम्मा गरिएको छ ।
महासंघ सबै सदस्यहरु तथा अन्य सह्दयी महानुभावहरूमा श्रमजीवी पत्रकारको उपचारमा आ–आफ्नो शाखा मार्फत सहयोग पुर्याउन अपिल गर्दछ । सहयोग गर्न चाहने शाखा तथा इच्छुक पत्रकारले महासंघको केन्द्रको नाममा रहेको बबरमहलस्थित एनएमबी बैंक लिमिटेडको चल्ती खाता Federation of Nepali Journalist ००१००६००१४०८६२०००००१ मा सहयोग जम्मा गरिदिनुहुन आग्रह गरिन्छ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here