Press Statement
पत्रकार शेषनारायण झा पक्राउको विरोध
26 May, 2016सरकारप्रति आफ्नो असन्तोष जनाउने क्रममा इशान थापा नाम गरेका व्यक्तिले सिंहदरवारको मुल ढोका भित्तामा रातो रङ पोखेको तस्विर खिचेको र बाटो पर्दा सो घटनालाई हेरेको भन्ने नाममा प्रहरीले सहयात्रा डटकमका प्रधानसम्पादक पत्रकार शेषनारायण झा सहितका व्यक्तिलाई पक्राउ गरेको घटनाको नेपाल प्रेस युनियन विरोध गर्दछ।
सो घटनापछि सरकारले सिंहदरवार वरिपरि सर्वसाधारणलाई उभिन समेत वन्देज लगाएकोप्रति युनियनको गम्भिर ध्यानाकर्षणा भएको छ। सरकारको ध्यानाकर्षण गराउन फरक किसिमको विरोध उत्रिएका व्यक्तिको समाचार संकलन र तस्विर खिचेको भरमा थुन्नु सत्ता र शक्तिको उन्माद मात्र हो। यस प्रकारका हर्कत तत्काल बन्द गर्न सरकारसमक्ष नेपाल प्रेस युनियन माग गर्दछ। साथै पक्राउमा परेकाहरुको तत्काल रिहाइको माग गर्दछ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download