Press Statement
नेपाल ः प्रेस विज्ञप्ती
09 Apr, 2020खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कोरोना संक्रमणको आशंका गरेका व्यक्तिलाई दुर्छिमस्थित छापडाँडामा क्वारेन्टीनमा राख्ने तयारी गरिरहेका बेला नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले अवरोध गरेको सूचना आए अनुसार चैत्र २३ गते ‘क्वारेन्टीनमा मानिस राख्न कांग्रेस सभापतिको अवरोध’ शीर्षकमा प्रभाव न्यूज डटकममा प्रकाशित समाचारलाई लिएर सभापति श्रेष्ठले नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष एवं प्रभाव न्यूज डटकमका पत्रकार उत्तम चौलागाँईलाई धम्क्याएकोप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।
समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए खण्डन गर्ने वा त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र पद्धति हुँदाहुँदै जिम्मेवार राजनीतिक दलका अध्यक्ष समेत रहेका श्रेष्ठले ‘भेटघाटमा राम्रै चिनजान हुन्छ’, ‘पैसामा बिकेर समाचार लेखेको’, ‘यसले ज्यान पनि जान सक्छ’ भन्नेजस्ता शव्द प्रयोग गरेर धम्क्याएकोप्रति हाम्रो गम्भीर आपत्ती छ। यो संवाद राजनीतिक भन्दा पनि आपराधिक मानसिकताबाट प्रेरित रहेको हाम्रो बुझाई छ। युनियन केन्द्रीय समिति सभापति श्रेष्ठलाई आफ्नो व्यवहार सुधार्दै पत्रकार चौलागाईसँग माफी माग्दै आउने दिनमा यस्ता गल्ती नगर्न सचेत गराउँछ।
संविधानले प्रत्याभुत गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्दै निर्वाध र स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण बनाउन सरकार तथा सम्बद्ध पक्षको युनियन ध्यानाकर्षण गराउँदै पत्रकार चौलागाँईको सुरक्षाका लागि स्थानिय प्रशासन र सम्बन्धित पक्षसँग माग गर्दछौं ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here