Press Statement
बरिष्ठ पत्रकार दीक्षित गिरफ्तारी प्रकरणको गाम्भीर्यतालाई ध्यानमा राखी सम्बद्ध सवै क्षेत्रबाट तत्काल ठोस पहल गर्न महासंघको आग्रह
26 Apr, 2016अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ पत्रकार कनकमणि दीक्षितलाई साझा यातायातको अध्यक्षको हैसियत खुलाई आर्थिक अनियमितताको अनुसन्धानका लागि भनी गरेको गिरफ्तारी र त्यसपछिका घटनाक्रमलाई नेपाल पत्रकार महासंघले सूक्ष्मरुपले अनुगमन गरिरहेको छ ।
महासंघ संवैधानिक निकायले आफ्नो अधिकार क्षेत्र भित्र रहेर गर्ने काम कारवाहीको सम्मान गर्दछ । तर, यस प्रकरणमा भएको गिरफ्तारी, त्यसपछिको कारवाही, न्यायिक प्रक्रियामा लैजान भएको आलटाल एवं अनुसन्धान निकायबाटै प्रेस जगतलाई समेत लाञ्छित गर्दैै लगातार भैरहेको प्रचारवाजीले घटना सामान्य अनुसन्धानको प्रक्रियाभन्दा फरक रहेको देखाउँदछ ।
महासंघ पत्रकार दीक्षितको स्वास्थ्य अवस्थाप्रति समेत चिन्तित छ । महासंघ यस प्रकरणमा समग्र अवस्था र विषयको गाम्भर्यतालाई समेत ध्यानमा राखी सम्बद्ध सवै क्षेत्रबाट तत्काल ठोस पहलको लागि आग्रह गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here