Press Statement
बिना अवरोध समाचार संकलनको वातावरण निर्माण गर्न माग
04 Jul, 2017कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एसियन प्रिमियर लीगको समाचार संकलनमा आज असार १९ गते पुगेका जनता टिभीका पत्रकार मदन ढुंगाना र सुमन चापागाईलाई आयोजक एसियन क्रिकेट फेडरेसनले समाचार संकलनमा रोक लगाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
जनता टिभीका महाप्रबन्धक लक्ष्मण हुमागाइका अनुसार हिजो प्रसारण भएको समाचारको विषयलाई लिएर आयोजक एसियन क्रिकेट फेडरेसनले नियोजित रुपमै जनता टिभीलाई समाचार संकलनमा रोक लगाएको जानकारी दिनुभयो ।
जनताको सुसूचित हुने अधिकारका लागि खटिएका पत्रकारमाथि समाचार संकलनमा बन्देज गरिनु आफैमा खेदजनक छ । महासंघ जनताको सुसूचित हुने अधिकारको सम्मान गर्न र बिना अवरोध समाचार संकलनको वातावरण निर्माण गर्न सम्बन्धित पक्षसंग माग गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, June 2022 06/15/2022 Download
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download