Press Statement
महासंघद्वारा जेष्ठ पत्रकार सम्मानवृत्ति प्रदान
29 Apr, 2016
नेपाल पत्रकार महासंघले जेष्ठ पत्रकार सम्मानवृत्ति प्रदान गरेको छ । नेपाल पत्रकार महासंघको सभाहलमा शुक्रबार आयोजित विशेष कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जेष्ठ पत्रकार सम्मानवृत्ति कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।
शुक्रवार आयोजित कार्यक्रममा १६ जना जेष्ठ पत्रकारलाई प्रति महिना एक हजारका दरले एक वर्षको सम्मानवृत्ति स्वरुप १२ हजार रुपैया र जेष्ठ पत्रकार परिचयपत्र प्रदान गरिएको थियो । ६५ वर्ष उमेर र ३० वर्षभन्दा बढी पत्रकारितामा योगदान दिएका अग्रज पत्रकारहरूको सम्मानमा महासंघले यसै वर्षदेखि सम्मान वृत्ति कार्यक्रम सुरु गरेको हो ।
पत्रकार महासंघले उल्लेखनिय कार्यक्रमको सुरुवात गरेको भन्दै सञ्चारमन्त्री राईले आगामी दिनमा सम्मानवृत्ति कार्यक्रममा सरकारले सहकार्य गरेर अगाडी बढ्ने बताउनु भयो । साथै हरेक क्षेत्रका जेष्ठ नागरिकलाई सम्मान गर्ने सरकारको योजना रहेको बताउनु भयो ।
कार्यक्रममा महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सम्मान वृत्ति कार्यक्रम महासंघको आन्तरिक कोषबाट गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा सरकारको सहयोगको अपेक्षा गरेको बताउनु भयो । साथै, उहाँले महासंघले यसै वर्षदेखि पत्रकार सन्तती शैक्षिक वृत्ति, विपद् व्यवस्थापन उद्धार तथा राहत कोष र पत्रकार बीमा कार्यक्रम समेत सुरु गरेको जानकारी दिनु भयो ।
कार्यक्रममा महासंघ पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारहरुले तिरेको १ प्रतिशत सामाजिक सुरक्षा कर पत्रकारकै हितमा लगाउन सरकारलाई आग्रह गर्नु भएको थियो ।
महासचिब उजिर मगरले जेष्ठ पत्रकार सम्मान वृत्ति सुरुवात भएको बताउदै आगामी दिनमा यस्ता सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।
महासंघले थालेको यो अभियानप्रति खुसी व्यक्त गर्दै सम्मानित जेष्ठ पत्रकार एवं महासंघका पूर्वउपसभापति देवेन्द्र गौतमले यस्तो अभियानमा सरकारको पनि ध्यान जानुपर्ने बताउनु भयो । सम्मानित अर्का पत्रकार पदम सिंह कार्कीले सम्मानवृत्तिको सुरुवात गरेकोमा खुसी ब्यक्त गर्दै निरन्तरताको अपेक्षा गर्नु भयो ।
महासंघले थालेको यस वृत्ति कार्यक्रमअन्तर्गत राजधानीबाहिरबाट नामावली प्राप्त हुने क्रम जारी रहेकोले राजधानी बाहिर रहेका जेष्ठ पत्रकारहरूलाई आगामी जेठ महिनाभित्र सम्मान वृत्ति प्रदान गरिने कोषाध्यक्ष सूर्यमणि गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म केन्द्रमा ४२ जना जेष्ठ पत्रकारको नामावली प्राप्त भएको छ ।
आज सम्मानित हुने जेष्ठ पत्रकारको नामावली यस प्रकार रहेको छ ।
१) कृष्ण बहादुर पाण्डे
२) कमल कोेइराला
३) देबेन्द्र गौतम
४) चक्रपाणी नेपाल
५) नेपालभूषण न्यौपाने
६) हरि लम्साल
७) पदमसिंह कार्की
८) पदमभक्त खरेल
९) मुरारि प्रसाद गौतम
१०) प्रबिण जोशि
११) बलदेव थापा
१२) धर्मरत्न शाक्य
१३) चेत बहादुर सिंह
१४) गोविन्द सिंह थापा
१५) शंकर दयाल मल्ल
१६) ज्ञान उदास
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download