Press Statement
महासंघले ६२ औं स्थापना दिवस विशेष कार्यक्रम सहित मनायाे
29 Mar, 2017नेपाल पत्रकार महासंघले आफ्नो ६२ औं स्थापना दिवस आज विशेष कार्यक्रम सहित मनाएको छ । सञ्चारग्राम स्थित महासंघ केन्द्रीयकार्यालयमा महासंघका अध्यक्ष डा.महेन्द्र विष्ट,महासंघका पूर्वअध्यक्षहरू सहितले केक काटेर स्थापनादिवस भव्यरूपमा मनाइएको छ ।
स्थापना दिवसको अवसरमा महासंघका अध्यक्ष डा.विष्टले सम्पूर्ण पत्रकार, मिडिया व्यवस्थापन, पत्रकारिता सम्वद्ध संघसंस्था र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशीलप्रति शुभकामना दिँदै अनेक आरोह अवरोह झेल्दै महासंघ आजको अवस्थामा आइपुगेको र भावी दिनमा पेसागत मुद्दामा कन्द्रित भई अझ सशक्त ढंगले अगाडि बढ्ने बताउनु भयो । उहाँले लोकतन्त्र स्थापना भैसकेको समयमा समेत नेपाली प्रेसले विभिन्न समस्याहरु झेल्नु परेको बताउँदै सरकारले सुशासन ऐन अन्तर्गत अनलाइन निर्देशिका जारी गरेर प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको पनि बताउनु भयो ।
कार्यक्रममा पूर्वअध्यक्ष होमनाथ दाहाल पूर्वमहासचिव रघु पन्त कानुनविद काशिराज दाहाल, बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा शुभकामना व्यतm गर्नु भयो ।
कार्यक्रममा पूर्व अध्यक्षहरु हरिहर विरही, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी, धर्मेन्द्र झाका साथै महासंघका पदाधिकारी पत्रकारहरु विभिन्न संघसंगठनका प्रतिनिधि, सम्पादक, मिडिया सञ्चालक सरकारी अधिकारीहरुका साथै ठुलो संख्यामा पत्रकारहरुको सहभागिता थियो । महासंघले देशभर र विदेशमा रहेका शाखामा पनि आज विविध कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । कार्यक्रमको सञ्चालन महासचिव उजिर मगरले गर्नुभएको थियो ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here