Press Statement
महिला दिवसको शुभकामना
08 Mar, 2018प्रत्येक बर्ष मार्च ८ मा मनाइने अन्तराष्ट्रिय महिला दिवशको अवसरमा आम महिला दिदी बहिनीहरुसँगै सबै सञ्चारकर्मी महिलाहरुलाई नेपाल प्रेस युनियन हार्दिक शुभकामना व्यक्त गर्दछ। ‘Press for Progress’ नाराका साथ मनाइन लागेको १०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा समानता र समृद्धीको लागि जुटिरहनुभएका सबै सञ्चारकर्मीहरुमा सुख र समृद्धीको कामना गर्दछौ।
नेपाल भर्खरै तीन तहको चुनाव सकाएर संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। यस चरणमा संघीय संसदमा ३३ प्रतिशत भन्दा बढी, प्रदेशसभामा ३४ प्रतिशतभन्दा बढी र स्थानीय तहमा ४० प्रतिशत भन्दा बढी महिला प्रतिनिधिहरु निर्वाचित हुनु महिला नेतृत्वका दृष्टीकोणबाट गर्वको बिषय हो। संविधानको वाध्यकारी व्यवस्थाले समेत नेतृत्वमा महिला सहभागिता सुनिश्चित भएको छ।
संविधानको व्यवस्थाहरुलाई नजिकबाट नियालिरहेको युनियन आफ्नो विधान संसोधनको चरणमा छ। युनियनका विभिन्न तहका कार्यसमितिमा महिला नेतृत्वको निश्चित प्रतिशत अनिवार्य रहने व्यवस्था गर्न युनियन छलफलमा रहेको छ। केन्द्रीय कार्यसमितिमा समेत कम्तिमा ३३ प्रतिशत महिला सहभागिता गराउने सन्दर्भमा समेत युनियन गम्भिर रहेको छ।
सञ्चारकर्मी महिलाको न्यून संख्यालाई मध्यनजर गर्दै महाधिवेशन प्रतिनिधी चुनिने प्रक्रियाका लागि पुरुष ५ बराबर १ प्रतिनिधी रहँदै आएकोमा महिला ३ बराबर एक प्रतिनिधी रहने मौजुदा व्यवस्थालाई कायमै राखिएको छ। यो सकारात्मक विभेदलाई कायम राख्दै नेतृत्व तहमा महिलालाई स्थापित गर्न तथा सञ्चारकर्मी महिलाहरुलाई युनियनमा आवद्ध गराउने विशेष अभियानमा समेत नेपाल प्रेस युनियन अग्रसर छ। महिला विभाग मार्फत सञ्चारकर्मी महिलाहरुलाई संगठित गर्दै पेशाप्रति थप जिम्मेवार र अधिकारको पक्षमा थप जुझारु बनाउन युनियन क्रियाशिल छ। सञ्चारकर्मी महिलाहरुलाई अवसरमा पहुँच पुर्याउँदै सञ्चारकर्मलाई आकर्षक पेशाका रुपमा बनाइ राख्न पनि युनियन लागिपरेको छ। आगामी दिनमा सररोकारवाला निकायहरुसँग थप सहकार्य गर्दै सञ्चारकर्मी महिलाहरुको नेतृत्वमा महत्वपूर्ण हिस्सेदारी, क्षमता वृद्धी र सशक्तिकरणका पक्षमा युनियन थप क्रियाशिल हुने प्रतिवद्धता जनाउँदै अन्तराष्ट्रिय महिला दिसवको अवसरमा पुनः शुभकामना व्यक्त गर्दछौ। जय नेपाल।
#NoBbetterTime #NPUWomenLead #IFJWomenLead
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download