Press Statement
मानहानी मुद्दा दायर गरी क्षतिपूर्तिको माग गरेको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण
03 Sep, 2017नेपाल आयल निगमको विवादित जग्गा खरिद प्रकरणमा निरन्तर रिपोर्टिङ गरेका नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई ज्यान मार्नेसम्मको धम्की दिएका प्रवन्ध निर्देशक गोपाल खड्काले नागरिक दैनिक र यससँग सम्वद्ध पत्रकारहरुमाथि मानहानी मुद्दा दायर गरी क्षतिपूर्तिको माग गरेको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ ।
समाचारसँग असहमत पक्षले अदालतमा जाने अधिकारको युनियन सम्मान गर्दछ । तर भ्रष्टाचारलाई पर्दाफास गर्न नियमित अनुसन्धानमूलक समाचार प्रकाशन गर्दै आएका पत्रकार र समाचार संस्थालाई निरुत्साहित गर्ने, पत्रकारिता क्षेत्रमा त्रास सिर्जना गर्ने र सञ्चारमाध्यम तथा पत्रकारलाई क्षतिपूर्तिका नाममा आर्थिक क्षति पुर्याउने मनसाय रहेको यो प्रकरणलाई युनियनले गम्भिरतापूर्वक लिएको छ ।
सम्मानित अदालतमा दर्ता भइसकेको मुद्दाको अदालती प्रक्रियाबाट निरुपण हुँदै गर्दा नेपालको प्रचलित कानुन, प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता र खोजी पत्रकारिताको चुनौतिलाई समाना गर्ने गरि गरी अदालतले फैसला आउनेमा युनियन विश्वस्त छ । नेपाल प्रेस युनियन नेपाली व्यवसायिक पत्रकारीताको पक्षमा छ ।
व्यवसायिक पत्रकारीता गर्दा आइलाग्ने अनेक वाधा व्यवधानहरुलाई चिर्दै व्यवसायिक धर्म निर्वाह गर्न नागरिक दैनिकसँग आवद्ध पत्रकार र सञ्चार संस्थालाई युनियन आह्वान गर्दछ । साथै व्यवसायिक धर्म निर्वाह गर्ने पत्रकारहरुलाई डर धम्की र कानुनी उल्झनमा अड्काउने काममा नलाग्न पनि युनियन सम्वन्धित पक्षलाई सचेत गराउँछ ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here