Press Statement
वरिष्ठ पत्रकार गिरीको निधनले महासंघ स्तब्ध
10 Nov, 2015
नेपाल पत्रकार महासंघका सभासद एवं वरिष्ठ पत्रकार डम्बरकुमार गिरीको ब्रेनहेमरेज कारण उपचारका क्रममा ५० वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र मर्माहात भएको छ । पत्रकार गिरीलाई पाँच दिनअघि उपचारका लागि ललिपुरस्थित अल्का अस्पतालमा भर्ना गरिएको थियो ।
स्वर्गीय गिरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यसअघि पशुपति आर्यघाटमा सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राई, एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई, महासंघका अध्यक्ष डा. महेन्द्र विष्टका साथै पत्रकारिता, साहित्य, राजनीतिकलगायत समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूले स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।
वि. स. २०४० सालदेखि पत्रकारिता सुरु गर्नुभएका गिरीले जनता, कुटुम्ब, छलफल, लालिमा, ग्रेटर नेपाल, सत्याग्रह, समदृष्टि युगद्रष्टा, गोलमेच, विज्ञप्ति, महिमा, अनुगमन द्वैमासिक, ताजाखवर, साहस, सम्वोधन, जनधारण, श्रीरुपरेखाजस्ता साप्ताहिक पत्रपत्रिकामा सम्पादक, स्तम्भकार, सल्लाहकार, सम्वाददातालगायतका पदमा रही जिम्मेवारी सम्हाल्नु भएको थियो ।
पछिल्लो पटक भुगोल मासिकका सम्पादक/प्रकाशक रहनु भएका पत्रकार गिरी लेखक एवं साहित्यकारका रूपमा पनि परिचित हुनुहुन्थ्यो । उहाँका करिव आधा दर्जन साहित्यिक कृतिहरू प्रकाशित भएका छन् । स्वर्गीय गिरीको श्रीमती, एक छोरा र एकछोरी छन् ।
नेपाली पत्रकारिता क्षेत्रमा राम्रो पहिचान बनाउन सफल पत्रकार गिरीको निधनबाट नेपाली पत्रकारिता जगत्ले एक योग्य, जुझारु, अनुभवी र कुशल पत्रकार गुमाएको छ ।
महासंघ, स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ र दुःखको यस घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here