Nepal
संयुक्त मधेसी मोर्चाले लगाएको बन्देजप्रति महासंघको गम्भीर आपत्ति
28 Oct, 2015आन्दोलनरत संयुक्त मधेसी मोर्चाले बाराका सञ्चारमाध्यमलाई मोर्चाबाहेक अन्यको विज्ञापन, शुभकामना लागयतका सामग्री प्रकाशन–प्रसारण गर्न बन्देज लगाएकोमा नेपाल पत्रकार महासंघ गम्भीर आपत्ति प्रकट गर्दछ । मोर्चाले कात्तिक १० गते एक विज्ञप्ति प्रकाशित गरी यस्तो बन्देज लगाएको छ ।
कुनै पनि बहानामा सञ्चारमाध्यममाथि यस किसिमले बन्देज लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ बारामा सञ्चारमाध्यममाथि लगाइएको बन्देल तत्काल हटाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध उपभोगको वातावरण निर्माण गर्न सरकार र आन्दोलनरत पक्षलाई आह्वान गर्दछ ।
साथै, मधेसमा जारी आन्दोलनको सम्वादका माध्यमबाट छिटोभन्दा छिटो निष्कर्षमा पुर्याउन पनि महासंघ सरकार र आन्दोलनकारी पक्षलाई पुनः आह्वान गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here