Press Statement
सद्भावना पार्टीद्वारा पत्रकार महासंघ भवन कब्जा
04 Aug, 2016नेपाल पत्रकार महासंघ सप्तरी शाखाको कार्यालय भवनमा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले अनाधिकृत रूपमा कब्जा गरी पार्टी कार्यालय
स्थापना गरेर सञ्चालन गरेको महासंघ सप्तरी शाखाबाट जानकारी पाउँदा महासंघ केन्द्रीय समिति आश्चर्यचकित भएको छ ।
वैधानिक प्रक्रियाबाट सञ्चालन भएको एउटा राजनीतिक दलको यस्तो हर्कत अशोभनीय मात्र नभई पत्रकार महासंघ तथा स्वतन्त्र प्रेसजगतमाथिको
हस्तक्षेपको चरम नमुना भएकोमा सन्देह छैन । नेपाल पत्रकार महासंघ सद्भावना पार्टी र यसको नेतृत्वलाई उक्त कार्यालय तत्काल त्यहाँबाट हटाउन
र घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न ध्यानाकर्षण गराउँदछ । साथै, यस्तो गैरकानुनी हर्कत तत्काल बन्दगरी कानुनबमोजिम आफ्नो दायित्व पूरा गर्न स्थानीय प्रशासन र सम्वद्ध सरकारी निकायसाग माग गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here