Press Statement
सल्यान शाखा अध्यक्ष शर्माको निधनले महासंघ स्तब्ध
02 Jun, 2016नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष शालिकराम शर्माको ब्लड क्यान्सरका कारण उपचारमा क्रममा आज विहान ४ः०० बजे भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ मर्माहत र स्तब्ध भएको छ । महासंघ स्वर्गीय शर्माप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकशन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।
स्वर्गीय शर्माका आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यसअघि पशुपति आर्यघाटमा पत्रकारिता क्षेत्रका तर्फबाट महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले महासंघको झण्डा ओढाएर मृतक शर्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । श्रद्धाञ्जलिसभामा सल्यान क्षेत्र नं २ का सांसद प्रकाश ज्वाला, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द पोखरेल, नेकपा (एमाले) प्रचार विभाग उपप्रमुख सूर्य थापा, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टरका अध्यक्ष गोविन्द आचार्यलगायत पत्रकारिता सम्वद्ध संघसंस्थाका प्रमुख, महासंघका पदाधिकारी तथा सदस्यहरू र सञ्चारकर्मीहरुले श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।
वि. स. २०१९ साल कात्तिक १६ गते प्यूठानको तुसारामा जन्मनु भएका शर्मा २०३५ सालमा सल्यान जागिरको सिलसिलामा गई विवाह गरी सल्यानलाई कर्मथलो बनाई पत्रकारितामा आवद्ध हुनुहुन्थ्यो । २०४० सालदेखि पत्रकारितामा सक्रिय रहेका शर्माले २०४६ सालको राजनीतिक परिवर्तनपछि रेडियो नेपालको सम्वाददाता र सल्यानबाट पहिलो पत्रिका सल्यानी सन्देश प्रकाशन गरी हाल पनि प्रधानसम्पादकको जिम्मेवारी वहन गर्दै आउनु भएको थियो ।
पछिल्लो समय सामुदायिक रेडियो प्रसारक संघको लेखा समिति सदस्य र रेडियो शारदाको अध्यक्षसमेत रहनु भएका शर्माले सल्यान जिल्ला पत्रकारिताको विकासमा विशेष योगदान पु¥याउनु भएको थियो । शर्माकोे निधनबाट नेपाली पत्रकारिता जगत्ले एक योग्य, जुझारु, अनुभवी र कुशल पत्रकार गुमाएको छ । स्वर्गीय शर्माका माता, श्रीमती र तीन छोरी छन् ।
महासंघ, स्वर्गीय शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ र दुःखको यस घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here