Press Statement
सूर्य क्षेत्रीप्रति श्रद्धाञ्जली
28 Apr, 2016नेपाल प्रेस युनियनका साथीहरुका लागि हामी यो दुखद खवर वाँड्न वाध्य भएका छौ। हाम्रा सहकर्मी मित्र तथा केन्द्रीय कार्यसमितिका सचिव सूर्य कुमार क्षेत्री हामीबिच रहनुभएन । २०७१ साल मंसिरदेखि व्रेन ट्युमरबाट पिडित भइ उपचारका क्रममा रहनुभएका क्षेत्रीको शल्यक्रिया र अन्य प्रविधीको प्रयोग गरि नेपालस्थित अन्नपूर्ण न्यूरो अस्पताल र भारतमा पनि उपचार भएको थियो।
केहि महिनादेखि ब्रेन ट्युमरको समस्या थप बल्झिएपछि क्षेत्रीको न्यूरो अस्पताल माइतिघर काठमाडौंमा उपचार भइरहेको थियो। बिहिवार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएपछि न्युरो अस्पतालमा उपचारका लागि पुर्याइएका क्षेत्रीको चिकित्सकहरुले उपचारका क्रममा राती सवा ९वजेतिर मृत घोषित गरेका छन्।
नेपाल प्रेस युनियन सहकर्मी क्षेत्रीको असामयिक निधनले स्तव्ध भएको छ। सूर्य क्षेत्री बचाउ अभियानमा जुटेका सबै पत्रकार साथीहरु शुभचिन्तकहरु पनि उहाँको निधनले स्तव्ध भएका छन्। क्षेत्रीको श्रीमती र एक नावालक छोरा छन। उहाँका बा आमा स्याङजामा रहँदै आउनुभएको छ।
परिवारका सदस्यहरु काठमाडौं आइसकेपछि स्वर्गीय क्षेत्रीको शुक्रवार दाहसंस्कार गरिनेछ। नेपाल प्रेस युनियन यस शोकको घडीमा स्वर्गीय क्षेत्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दछ। साथै शोकसन्तप्त क्षेत्री परिवारप्रति युनियन समवेदना प्रकट गर्दछ। जय नेपाल।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here