Press Statement
हिमाल साउथ एशियन पत्रिका बन्द हुने बारेमा नेपाल प्रेस युनियनको धारणा
03 Sep, 2016दक्षिण एशियाली ‘क्रस–बर्डर पत्रकारिता’ गर्ने हिमाल साउथएशियन पत्रिकाको प्रकाशन स्थगन गरिएको सूचना प्रकाशक ‘द साउथएशिया ट्रष्ट’ निकालेको विषयमा नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको छ । ट्रष्टले नेपाल सरकारका सम्बन्धित नियमन निकायहरुको असहयोगको कारण पत्रिका बन्द हुन पुगेको बताएको छ। ट्रष्टले दक्षिण एशियाका अन्य ठाउँका मिडिया र नागरिक समाजलाई जस्तै ठाडो सेन्सरसीप या अन्य खालका हस्तक्षेपबाट नभई ब्यूरोक्रेसीको विभिन्न अंगमार्फत दबाव दिई हिमाल साउथएशियन लाई बन्द गराइएको गम्भिर आरोप लगाइएको छ।
२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि नेपाल राज्य दक्षिण एशियामा प्रेस स्वतन्त्रताको हिमायतीको रुपमा अगाडी आएको तथा संविधानले पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभुमति गरेको अवस्थामा विभिन्न वहानामा स्वतन्त्र सञ्चार माध्यमलाई कर्मचारीतन्त्रको प्रयोग गरि बन्द गराइने अवस्थामा पुगेको अनुभुति पत्रिकाका प्रकाशक र सम्पादकीय समुहलाई हुनु अत्यन्तै दुखलाग्दो कुरा हो। खुला समाजलाई वढावा दिनुपर्नेमा संगठित रुपमा त्यसप्रति सरकार र सरकारी संयन्त्रमा रहनेहरु निरन्तर उदासीन हुँदै जानु लोकतन्त्रप्रतिकै खतराको संकेतको रुपमा हामीले लिएका छौ।
नेपाल प्रेस युनियन स्वतन्त्र प्रेसको पक्षमा छ र राज्यका तर्फबाट पनि स्वतन्त्र प्रेसलाई फस्टाउने वातावरण बनाइनुपर्छ भन्नेमा विश्वास राख्दछ। साथै देशको कानुनको पालना गर्दै पत्रकारीता गरिरहेका स्वतन्त्र सञ्चारमाध्यमलाई कुनै पनि वहानामा अंकुश लगाइनु हुन्न भन्नेमा पनि आफ्नो स्पष्ट धारणा राख्दै हिमाल साउथएशियन पत्रिका पूर्ववत रुपमा सञ्चालन हुने वातावरणका लागि सरकारसँग आग्रह गर्दछ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here