Press Statement
अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ प्रति नेपाल प्रेस युनियनको रोष
24 Mar, 2017नेपाल राजपत्रमा प्रकाशित गरिएको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३’ प्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । युनियनले यस अगाडि गरेको विरोध तथा सरोकारवालाहरुको चासो विपरीत निर्देशिकाको संशोधित रूप सार्वजनिक भएकोमा युनियन रोष प्रकट गर्दछ ।
प्रेस कानुनसँग कुनै सरोकार नभएको सुशासन (व्यवस्था तथा सञ्चालन) ऐन अन्तर्गत जारी निर्देशिकाले अभिव्यक्ति स्वन्त्रताको विश्वव्यापी मान्यता र संविधानले ग्यारेन्टी गरेको प्रेस स्वन्त्रता विपरित रहेको युनियनको ठहर छ ।
न्यायिक परीक्षण बिनै सञ्चार माध्यमको सञ्चालनमा अवरोध गर्न सकिने र प्रशासनिक निकायले सम्पादकीय र सूचना सम्प्रेषणको प्रकृयामा हस्तक्षेप गर्न सक्ने जस्ता प्रावधान कायमै राखि आएको निर्देशिकाले यस क्षेत्रको विकासलाई कुण्ठित गर्ने प्रस्ट छ । युनियन तत्काल निर्देशिका खारेज गर्न सरकारसँग जोडदार माग गर्दछ ।
सरकारले अनलाइनहरुलाई नियन्त्रण गर्ने सोचबाट ल्याएको निर्देशिका खारेज गरि सबै सरोकारवाला संघ संस्थाहरु समेतको सहभागितामा नयाँ व्यवस्थाका लागि जोडदार माग गर्दछौं ।
Written By
Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, February 2023 02/15/2023 Download
- IFJ South Asia Media Bulletin, January 2023 01/18/2023 Download
- Nepal Press Freedom report 2022 01/03/2023 Download