Press Statement

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ प्रति नेपाल प्रेस युनियनको रोष

24 Mar, 2017

नेपाल राजपत्रमा प्रकाशित गरिएको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३’ प्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । युनियनले यस अगाडि गरेको विरोध तथा सरोकारवालाहरुको चासो विपरीत निर्देशिकाको संशोधित रूप सार्वजनिक भएकोमा युनियन रोष प्रकट गर्दछ ।

प्रेस कानुनसँग कुनै सरोकार नभएको सुशासन (व्यवस्था तथा सञ्चालन) ऐन अन्तर्गत जारी निर्देशिकाले अभिव्यक्ति स्वन्त्रताको विश्वव्यापी मान्यता र संविधानले ग्यारेन्टी गरेको प्रेस स्वन्त्रता विपरित रहेको युनियनको ठहर छ ।

न्यायिक परीक्षण बिनै सञ्चार माध्यमको सञ्चालनमा अवरोध गर्न सकिने र प्रशासनिक निकायले सम्पादकीय र सूचना सम्प्रेषणको प्रकृयामा हस्तक्षेप गर्न सक्ने जस्ता प्रावधान कायमै राखि आएको निर्देशिकाले यस क्षेत्रको विकासलाई कुण्ठित गर्ने प्रस्ट छ । युनियन तत्काल निर्देशिका खारेज गर्न सरकारसँग जोडदार माग गर्दछ ।

सरकारले अनलाइनहरुलाई नियन्त्रण गर्ने सोचबाट ल्याएको निर्देशिका खारेज गरि सबै सरोकारवाला संघ संस्थाहरु समेतको सहभागितामा नयाँ व्यवस्थाका लागि जोडदार माग गर्दछौं ।

Written By

Nepal Press Union Nepal Press Union

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746

Comments