Press Statement

उदयपुरमा पत्रिका जलाइयो, पत्रकारमाथि दुर्व्यवहार

01 Jun, 2016

जेठ १९ गते बुधवार देशव्यापी रुपमा भैरहेको निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचनको क्रममा उदयपुर जिल्लामा प्रहरीले स्थानिय पत्रपत्रिका कब्जामा लिएर जलाइएको घटनामा नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ।

उदयपुरबाट प्रकाशन हुने त्रियुगा एक्सप्रेस दैनिकका प्रतिहरु प्रहरीले कब्जामा लिई जलाएकोमा हाम्रो कडा आपत्ति छ। पत्रिका जलाउने प्रहरीको हर्कतको प्रतिवाद गर्दा त्रियुगा एक्सप्रेसका सञ्चारकर्मी तथा नेपाल प्रेस युनियन उदयपुरका कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ उदयपुरका सदस्य, तामाङ संचार समुह केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष एवं आदिवासी जनजाती पत्रकार महासंघ उदयपुर सदस्य जयन्ती तामाङमाथि प्रहरी जवान शोभा कार्कीले अमर्यादित व्यवहार गर्दै हातपात गरेको घटनाको युनियन निन्दा गर्दछ।

नेपाल प्रेस युनियन पत्रिका जलाउने र पत्रकार पिट्ने घटनामा संलग्न दोषी प्रहरीमाथि कार्वाहिको माग गर्दछ। अन्यथा यस्तो किसिमको अमर्यादित व्यवहार गर्ने प्रहरीलाई कार्वाही नभए थप आन्दोलनमा जाने चेतावनी दिन चाहन्छौ।

Written By

Nepal Press Union Nepal Press Union

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746

Comments