Press Statement

एफएम आक्रमणको भर्त्सना

21 Feb, 2016

पर्साको बीरगञ्जस्थित नारायणी एफएममा अज्ञात समुहले आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । गएराति १ः०० बजे हतियारसहित आएका अज्ञात समूहले कार्यालयको चाबी मागेको थियो । एफएमका सुरक्षा गार्डले चावी नदिएपछि आक्रमण गर्दै उक्त समुहले कार्यालयको ढोका तोडफोड गरेका थिए ।

स्वतन्त्र रूपमा सञ्चालनमा रहेको रेडियोलाई लक्षित गरी भएको यो आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ यो घटनाको कडा शब्दमा भर्त्सना गर्दै घटनामा संलग्न समुहको तत्काल पहिचान गरी कारबाही गर्न एवं पत्रकार र रेडियोमा हुने यस्ताखाले घटना रोकी प्रेसलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments