Nepal

छिमेकी मुलुक भारताबाट पछिल्लो समयमा भैरहेको अघोषित नाकाबन्दी, राजनीतिक दबाव र हस्तक्षेपको महासंघद्वारा खेद व्यक्त

01 Oct, 2015

नयाँ संविधान जारी हुने क्रमसँगै देशका विभिन्न भागमा सुरू भएको आन्दोलन र संविधान जारी भैसकेपछि देशभित्र चर्किएको विरोध प्रदर्शन तथा छिमेकी मुलुक भारतबाट भएको अघोषित नाकाबन्दीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । र, यसको प्रत्यक्ष मार नेपाली सञ्चारकर्मी र सञ्चारमाध्यममा समेत परिरहेको छ । महासंघको अनुगमन अनुसार, संविधानकै विषयलाई लिएर भएको आन्दोलनका क्रममा पछिल्लो तीन महिनामा एक जना पत्रकारलाई गोली लागेको छ भने २१ जनामाथि भौतिक आक्रमण तथा कूटपीट र १९ पत्रकारमाथि दुव्र्यवहार तथा हातपात भएको छ । यस्तै स्वतन्त्र पत्रकारितामा बाधा पु¥याउने अन्य घटना १० र सञ्चारमाध्यममा आगजनी, सञ्चारमाध्यमका सवारी साधान तोडफोड र महासंघको शाखा भवन आगजनी गरी ९ वटा घटना भएका छन् । दर्जन बढी एफएम स्टेशन र पत्रपत्रिकाहरूको प्रसारण÷प्रकाशन अवरूद्ध भएको छ भने आक्रमणको धम्कीका कारण कतिपय पत्रकारहरू कार्यक्षेत्रबाट पलायन हुनुपरेको छ । र, कार्यक्षेत्रमा रहिरहेका अधिकांश पत्रकारहरू पनि धम्कीका कारण जोखिमपूर्ण अवस्थामा छन् । तराइ मधेश क्षेत्रमा सार्वजनिक आवागमन बन्द भएको र देशका सवैजसो भागमा पेट्रोलियम पदार्थ तथा न्यूजप्रिन्टलगायत कच्चा पदार्थको आपूर्ति हुन नसकेको तथा वितरण प्रणालीसमेत अवरूद्ध भएको कारण सञ्चारमाध्यमको नियमित प्रकाशन÷प्रसारण अवरूद्ध हुन पुगेको छ । विराटनगरबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरूको प्रकाशन बन्द भएको छ भने यही क्रम जारी रहेमा केही दिनभित्रै देशका अन्य क्षेत्रबाट समेत धमाधम सञ्चारमाध्यमहरू बन्द हुने अवस्था सिर्जना भएको छ ।

मुलुक कठिन अवस्थामा पुगेको बेला अझ बढी संवेदनशील भएर गम्भीरताका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने दायित्वप्रति नेपाली मिडिया जगत सचेत रहेको छ । महासंघ सो दायित्व निर्वाह गर्न अत्यावश्यक पर्ने सामग्रीको आपूर्ति व्यवस्था तथा पूर्वाधारमा विशेष ध्यान दिइदिन र पत्रकार तथा सञ्चारमाध्यमको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरकार एवं सम्बद्ध सवैसँग विशेष आग्रह गर्दछ ।

महासंघ संविधानको विषयलाई लिएर उत्पन्न राजनीतिक समस्याको राजनीतिक समाधान खोज्न र त्यसका निम्ति तत्काल लचकताका साथ निर्णायक वार्ता गर्न संस्थापन र आन्दोलनकारी पक्षलाई विशेष आग्रह गर्दछ । साथै, मुलुकका आन्तरिक विषयलाई आन्तरिकरूपमै समाधान गर्न प्रोत्साहित गर्नुपर्ने मित्रराष्ट्रको दायरालाई नाघेर छिमेकी मुलुक भारतबाट पछिल्लो समयमा भैरहेको अघोषित नाकाबन्दी, राजनीतिक दबाव र हस्तक्षेपप्रति खेद व्यक्त गर्दैै महासंघ दुई मुलुकबीच शदियौंदेखि जनस्तरमा कायम रहेको बहुआयामिक सम्बन्धलाई मनन गरी तत्काल बिनाशर्त नाकाबन्दी खुला गर्न र सार्वभौम छिमेकी मित्रराष्ट्रप्रति सम्मानजनक व्यवहार प्रस्तुत गर्न भारत सरकारलाई आग्रह गर्दछ । साथै, विद्यमान असमझदारीको अन्त्य गरी विश्वासपूर्ण हार्दिक सम्बन्ध कायम राख्न दुवै मुलुकलाई सघन कूटनीतिक पहल गर्न पनि महासंघ अपील गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments