Press Statement

तस्विर खिचेकै भरमा पत्रकार पक्रेर सार्वजनिक अपराधको मुद्दा लगाइनु प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको गम्भीर उल्लंघन

25 May, 2016

समयबोध पत्रिकामा आवद्ध पत्रकार शेषनारायण झालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । झालाई सिंहदरबार गेटको तस्विर खिचेको भन्दै प्रहरिले जेठ १० गते प्रक्राउ गरेको जानकारी महासंघमा प्राप्त भएको छ ।

तस्विर खिचेकै भरमा पत्रकारलाई पक्राउ गर्नु र सार्वजनिक अपराधको मुद्दा लगाइनु प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको गम्भीर उल्लंघन हो । महासंघ यस घटनाको घोर निन्दा गर्दै पत्रकार झालाई तत्काल रिहा गर्न माग गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments