Press Statement
दोषिमाथि कारबाहीको माग
07 Feb, 2017केही दिनयता पत्रकार तथा सञ्चारमाध्यम माथि भएको धम्की तथा प्रहरी हस्तक्षेपप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
समाचार लेखेको आधारमा डोटीका पत्रकारहरुलाई त्यहाँका सहायक वन अधिकृतले समाजिक सञ्जालमार्फत धम्क्याएका छन् ।
त्यस्तै समाचारकै विषयलाई लिएर केही दिनयता न्यूजसेवा डटकम, दियो पोष्ट डट कम, आर्थिक न्यूज डट कम लगायतका केही अनलाईन माध्यम ब्लक गरिएको सम्बन्धी अनलाईनबाट जानकारीमा आएको छ ।
स्वतन्त्र प्रेस तथा पत्रकारिता माथिको धम्की र सञ्चारमाध्यमाथिको नियन्त्रणले स्वतन्त्र पत्रकारितामाथि नै हस्तक्षेप हुनजाने भएकोले महासंघ दोषिमाथि कडा कारबाहीको माग गर्दै बन्द गरिएका सञ्चारमाध्यम सुचारु गर्न र सहजरुपमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित पक्षसंग माग गर्दछ ।
Written By
Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, February 2023 02/15/2023 Download
- IFJ South Asia Media Bulletin, January 2023 01/18/2023 Download
- Nepal Press Freedom report 2022 01/03/2023 Download