Press Statement

दोषिमाथि कारबाहीको माग

07 Feb, 2017

केही दिनयता पत्रकार तथा सञ्चारमाध्यम माथि भएको धम्की तथा प्रहरी हस्तक्षेपप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

समाचार लेखेको आधारमा डोटीका पत्रकारहरुलाई त्यहाँका सहायक वन अधिकृतले समाजिक सञ्जालमार्फत धम्क्याएका छन् ।

त्यस्तै समाचारकै विषयलाई लिएर केही दिनयता न्यूजसेवा डटकम, दियो पोष्ट डट कम, आर्थिक न्यूज डट कम लगायतका केही अनलाईन माध्यम ब्लक गरिएको सम्बन्धी अनलाईनबाट जानकारीमा आएको छ ।

स्वतन्त्र प्रेस तथा पत्रकारिता माथिको धम्की र सञ्चारमाध्यमाथिको नियन्त्रणले स्वतन्त्र पत्रकारितामाथि नै हस्तक्षेप हुनजाने भएकोले महासंघ दोषिमाथि कडा कारबाहीको माग गर्दै बन्द गरिएका सञ्चारमाध्यम सुचारु गर्न र सहजरुपमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित पक्षसंग माग गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments