Press Statement

नेपालः उकेरा डटकमको सिएमएसमा प्रवेश गरी प्रकाशित सामग्री हटाएकोप्रति महासंघको ध्यानाकर्षण

05 Dec, 2022

पाथसिड नेपाल प्रालि द्वारा सञ्चालित उकेरा डटकमको सिएमएसमा प्रवेश गरी प्रकाशित सामग्री हटाएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त प्रालिका अनुसार उपराष्ट्रपति नन्दकिशोर पुनका पुत्र दीपेश पुनको सहकारीसम्बन्धी समाचार, स्वतन्त्र पार्टी नेपालका अध्यक्ष रवि लामिछानेको नागरिकतासम्बन्धी केही समाचार र सुकुम्बासीसम्बन्धी समाचार हटाइ अन्य असम्बन्धित समाचार पोष्ट गरिएको छ ।

प्रकाशित समाचारमाथि चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी दिने र अदालतसम्म जाने विकल्प हुँदाहुँदै प्रविधिको दुरुपयोग गरी सिएमएसमा प्रवेश गरी प्रकाशित समाचार हटाउने कार्यले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुग्नुका साथै साइवरसम्बन्धी कानुनको समेत गम्भीर उल्लङ्घन भएको छ ।

महासंघ प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्यको कडा विरोध र भर्त्सना गर्दछ । र, कानुनविपरीत यस्ता कार्य गर्नेमाथि छानबिन गरी कारबाही गर्न तथा भविष्यमा यस्ता कार्य दोहोरिन नदिन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ ।

पवन आचार्य

सचिव

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments