Press Statement

नेपाल ः कैलालीस्थित रेडियो धनगढी एफएमको कार्यालयमा प्रवेशगरी आक्रमणको प्रयास गरेको घटनाप्रति महासंघकाे गम्भीर ध्यानाकर्षण

14 Apr, 2020

प्रसारित समाचारको विषयलाई लिएर धनगढी उपमहानगरपालिका वडा नं १ का अध्यक्ष सन्तोष मुडभरीसहित ६ जनाको समुहमा आएका व्यक्तिहरुले कैलालीस्थित रेडियो धनगढी एफएमको कार्यालय परिसरमा प्रवेश गरी आक्रमणको प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघकाे गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ सदूरपश्चिम प्रदेश समितिका अनुसार धनगढी एफएमबाट प्रसारित तातो वहस कार्यक्रममा वडा कार्यालयले वितरण गरेको राहतको विषयमा वडा अध्यक्ष मुडभरी र कार्यक्रम सञ्चालक नवराज घानुकबीच कार्यक्रमै चर्काचर्की भएको थियो । सोही विषयलाई लिएर कार्यक्रम सकिएलगत्तै रेडियो परिसरमा अध्यक्ष मुडभरीसहितका व्यक्तिहरु जथाभावी प्रवेश गरी आक्रमणको प्रयास गरेका थिए ।

प्रकाशित/प्रसारित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसको कानुनी उपचार खोज्ने विकल्प हुँदाहुँदै जिम्मेवार व्यक्तिबाट भएको यस्तो गैरजिम्मेवार कार्यले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको महासंघ ठम्याई छ । महासंघ प्रेस स्वन्त्रताविरोधी यस्ता कार्यको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्नमाथि कारबाही गरी पत्रकार र सञ्चारमाध्यमको सुरक्षामा ध्यान दिन स्थानीय प्रशासनसँग माग गर्दछ ।

साथै, कोरोना भाइरस (कोभिड १९) को उच्च संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिमको ख्याल नगरी पत्रकार र सञ्चारमाध्यमले नागरिकलाई सुसूचित र सचेत गराउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सन्दर्भमा सहज र सुरक्षित रुपमा सूचना उपलब्ध गराउन तथा सघाउन सम्बन्धित सबैमा आग्रह गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments