Press Statement

नेपाल ः कोरोनाको समाचार संकलन र सम्प्रेषण सुरक्षित ढंगबाट गर्नुपर्नेमा पत्रकार महासंघको ध्यानाकर्षण

24 Mar, 2020

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको र नेपालमा समेत कोरोना भाइरसको संक्रमित पुष्टि भएको सन्दर्भमा समाचार संकलन र सम्प्रेषणको गहन दायित्व बोकेका पत्रकारहरूलाई सुरक्षित ढंगबाट काम गर्ने वातावरण निर्माण गर्नुपर्ने विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यार्कषण भएको छ ।
सरकार र सम्बन्धित पक्षले कुनै पनि समाचार वा सूचना प्रवाह गर्न भिडभाडसहितको पत्रकार सम्मेलन नगरी आधिकारिक सामाजिक सञ्जाल, संचारमाध्यम वा प्रेस विज्ञाप्तिको माध्यमबाट गर्न महासंघ आग्रह गर्दछ । पत्रकार सम्मेलन गर्नै परे पूर्वसतर्कताका सम्पूर्ण उपायहरु अवलम्बन गर्न आग्रह गर्दछ । साथै, महासंघ पत्रकार र संचारमाध्यमले पनि आफूलाई पूर्ण सुरक्षित राख्दै आधिकारिक रुपमा पुष्टि भएका समाचार सामग्री मात्र सम्प्रेषण गर्न आग्रह गर्दछ । भ्रमपूर्ण र अफवाह फैलने कुनै पनि सामग्री संप्रेषण नगर्न महासंघ आग्रह गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments