Press Statement

नेपाल ः पत्रकार चौधरीलाई समाचार संकलनका क्रममा आक्रमण गरी घाइते बनाएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

12 Aug, 2020

नेपाल पत्रकार महासंघका सभासद् एवं कैलालीको टीकापुरस्थित कान्तिपुर सम्वाददाता गणेश चौधरीलाई समाचार संकलनका क्रममा ५ जनाको समुहमा रहेका व्यक्तिहरुले आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

साउन २६ गते कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा समाचार संकलनका क्रममा रहेका पत्रकार चौधरीमाथि सोही ठाउँका दिनेश कडायत, दिनेश शाह, शिरिष शाह, सुरेन्द्र शाही र रविन्द्र शाहको समुहले एक्कासि टाउकोमा प्रहार गरी घाइते बनाएका थिए ।

कोभिड–१९ संक्रमणको जोखिम मोलेर पेशागत कर्ममा जुटेका पत्रकारमाथि भएको यो आक्रमण निन्दनीय र प्रेस विरोधी काम हो । महासंघ घटनामा संलग्न व्यक्तिहरुमाथि कानुनी कारबाही गर्न तथा पत्रकारको सुरक्षामा गम्भीर भई प्रेसविरुद्ध हुने यस्ता घटना नियन्त्रणमा कडा कम चाल्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ । साथै, घाइते पत्रकार चौधरीको स्वास्थ्यलाभको कामना गर्दछ ।

रमेश विष्ट

महासचिव

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments