Press Statement

नेपाल ः महासंघका पूर्वकोषाध्यक्ष साहलाई धम्की दिनेलाई कारबाहीको माग

14 May, 2020

नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष एवं जनकपुरस्थितरेडियो जनकपुर ९७ मेघाहर्जका सञ्चालक शीतल साहलाई प्रसारित समाचारको विषयलाई लिएर प्रादेशिकअस्पताल जनकपुरका कर्मचारीले भौतिक कारबाहीको धम्की दिइएको घटनाप्रति नेपाल पत्रकारमहासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ धनुषा शाखाका अनुसार प्रदेश २ अन्तर्गत सामाजिकविकास मन्त्रालय मातहतमा रहेको प्रादेशिक प्रयोगशालामा भएको लापरवाही र अनियमिततासम्बन्धीरेडियो जनकपुरमा कार्यक्रम प्रसारण भएपछि सोही विषयलाई लिएर वैशाख ३१ गते अस्पतालकाकर्मचारी जुगल यादवसहितका ३ जनाको समुहले रेडियोको कार्यालयमै पुगेर सञ्चालक साहलाईभौतिक कारबाहीको धम्की दिएका थिए ।

प्रसारित समाचार सामग्रीप्रति चित नबुझे त्यसको कानुनीउपचार खोज्न सकिने विकल्पलाई छाडेर पत्रकारलाई यस किसिमले धम्क्याउनु प्रेस स्वतन्त्रताविरोधीकार्य हो । महासंघ पत्रकार साहलाई दिइएको धम्कीको कडा भर्त्सना गर्दै घटनामा संलग्नव्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर भई सुरक्षाको प्रत्याभूतिदिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments