Press Statement

नेपाल ः श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि महासंघले सुरु गरेको दबाव र आन्दोलन जारी

08 Jul, 2020

कोभिड–१९ को महामारीका समयमा सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारहरुलाई निष्काशन गर्ने, तलब कटौती गर्ने, बेतलबी बिदामा राख्ने र काम गर्ने वातावरण सृजना नगर्ने जस्ता कार्यविरुद्ध नेपाल पत्रकार महासंघ दबाव र आन्दोलनमा छ ।

महासंघले उत्पन्न समस्या समाधान गर्नका लागि सञ्चार प्रतिष्ठानहरुमा कालो ब्यानर राख्ने, धर्ना दिने जस्ता आन्दोलनका कार्यक्रम र वार्ता तथा कानूनी उपचारको बाटो एकसाथ अवलम्बन गरिरहेको छ ।

यही क्रममा आज महासंघ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट र सचिव रामप्रसाद दाहालको उपस्थितिमा पद्मा मिडिया ग्रुपद्वारा सञ्चालित माउण्टेन टेलिभिजन तथा उज्यालो नेटवर्कका व्यवस्थापन पक्षसँग छलफल गरिएको छ ।

पद्मा मिडिया ग्रुप अन्तर्गतको माउण्टेन टेलिभिजनको व्यवस्थापन पक्ष र महासंघ माउण्टेन टेलिभिजन शाखाबीच श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन गर्ने विषयमा लिखित सम्झौता सम्पन्न भएको छ भने उज्यालो नेटवर्क व्यवस्थापन पक्षसँग त्यहाँ उत्पन्न समस्या सम्बोधन गर्ने समझदारी भएको छ ।

श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि महासंघले सुरु गरेको दबाव र आन्दोलन जारी रहने छ ।

रमेश विष्ट

महासचिव

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments