Press Statement

नेपाल ः समाचारको विषयलाई लिएर धनगढीस्थित दिनेश सञ्चारगृहमा आक्रमण र पत्रकार कुटपिटको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

14 Sep, 2020

समाचारको विषयलाई लिएर धनगढीस्थित दिनेश सञ्चारगृहमा केही व्यक्ति प्रवेश गरी गरिएको आक्रमण र पत्रकार कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघ कैलाली शाखाका अनुसार धनगढी थुनुवा कक्षभित्रै एक युवकले आत्महत्या गरेको विषयमा प्रकाशित समाचारलाई लिएर आज १५÷२० जनाको समुह एक्कासि सञ्चारगृह भित्र प्रवेश गरी आक्रमण गर्दै उक्त समाचार डिलिट गर्न धम्क्याउदै एफएमका सहसम्पादक जनक विष्टलगायतका पत्रकारमाथि हातपात र कुटपिट गरेका थिए ।
प्रकाशित समाचार चित्त नबुझे कानुनी उपचार खोजिनुपर्नेमा गुण्डागर्दी शैलीमा सञ्चारगृहमा प्रवेश गरी भएको आक्रमण र कुटपिट आपत्तिजनक हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रेसमाथि गरिएको यो ज्यादतीको कडा शब्दमा  भर्त्सना गर्दछ । घटनामा संलग्न व्यक्तिहरुको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन एवं पत्रकार र सञ्चारगृहको सुरक्षामा गम्भीर भई स्वतन्त्र र निर्वाहरुपमा काम गर्ने वातावरण निर्माण गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

रमेश विष्ट
महासचिव

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments