Press Statement

पत्रकारमाथि भएकाे हातपातकाे घटनाप्रति महासंघकाे ध्यानाकर्षण

20 Jun, 2018
नेपाल पत्रकार महासंघ रौतहट शाखा सचिव राजेन्द्रकुमार क्षेत्री, सदस्य उमेशकुमार यादव र पत्रकार विनयकुमारलाल दासलाई गौर नगरपालिका–४ टिकुलिया निवासी सञ्जयकुमार सहनीको नेतृत्वको समुहले हातपात, गालीगलौज तथा आगो लगाउन खोजेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ रौतहट शाखाका अनुसार आज विहान ८ः०० बजे गौरस्थित कर्मचारी मिलन केन्द्रमा आयोजित आमसञ्चार विषयक तालिम स्थलमा सहनीको नेतृत्वमा आएका १०–१५ जनाको समुहले सचिव क्षेत्रीमाथि हातपात गरेको, सदस्य यादवलाई कालोमोसो दलेको र पत्रकार दासको साथमा रहेको १ थान मोवाइल र नगद १५ हजार लुट्नुका साथै उहाँमाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका थिए ।

कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमको घटना हुनु प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ प्रेस स्वतन्त्रता विरोधी यस्ता घटनाको कडा भर्त्सना गर्दछ । र, घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याई पत्रकारलाई पेशागत सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासनसँग माग गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments