Press Statement
पत्रकारमाथि भएको सांघातिक आक्रमणको भर्त्सना
16 Dec, 2015नयाँ पत्रिका दैनिक काभ्रेका संवाददाता राजकुमार गोलेमाथि अज्ञात समूहले खुकुरी प्रहार गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकार्षण भएको छ ।
महासंघ काभ्रे शाखाका अनुसार २०७२ मंसिर २९ गते घर फर्कने क्रममा राति ८:०० बजेतिर बनेपाको आजाद माविअगाडि ८/९ जनाको समुहमा रहेका व्यक्तिहरूले एक्कासि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट दायाँ हातमा गहिरो चोट लागेका पत्रकार गोलेको शिर मेमेरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।
स्वतन्त्र रूपमा आफ्नो पेशागत दायित्व निभाउने पत्रकारमाथि भएको यो आक्रमण सिंगो प्रेसमाथिको आक्रमण हो । यस घटनाले मुलुकको शान्ति सुरक्षामा समेत गम्भीर प्रश्न खडा गरेको छ । महासंघ पत्रकार गोलेमाथि आक्रमणको कडा शब्दमा भर्त्सना गर्दछ । र, दोषीको तत्काल पहिचान गरी कडा कानुनी कारवाही गर्न र पत्रकारलाई स्वतन्त्र र सुरक्षित पत्रिकारिता गर्ने वातावरण निर्माण गर्न एवं पत्रकार गोलेको उपचार व्यवस्था मिलाउन सरकारसँग माग गर्दछ ।
Written By
Federation of Nepali Journalists
Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, February 2023 02/15/2023 Download
- IFJ South Asia Media Bulletin, January 2023 01/18/2023 Download
- Nepal Press Freedom report 2022 01/03/2023 Download