Press Statement

पत्रकारमाथि भएको सांघातिक आक्रमणको भर्त्सना

16 Dec, 2015
नयाँ पत्रिका दैनिक काभ्रेका संवाददाता राजकुमार गोलेमाथि अज्ञात समूहले खुकुरी प्रहार गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकार्षण भएको छ ।
 
महासंघ काभ्रे शाखाका अनुसार २०७२ मंसिर २९ गते घर फर्कने क्रममा राति ८:०० बजेतिर बनेपाको आजाद माविअगाडि ८/९ जनाको समुहमा रहेका व्यक्तिहरूले एक्कासि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट दायाँ हातमा गहिरो चोट लागेका पत्रकार गोलेको शिर मेमेरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।
 
स्वतन्त्र रूपमा आफ्नो पेशागत दायित्व निभाउने पत्रकारमाथि भएको यो आक्रमण सिंगो प्रेसमाथिको आक्रमण हो । यस घटनाले मुलुकको शान्ति सुरक्षामा समेत गम्भीर प्रश्न खडा गरेको छ । महासंघ पत्रकार गोलेमाथि आक्रमणको कडा शब्दमा भर्त्सना गर्दछ । र, दोषीको तत्काल पहिचान गरी कडा कानुनी कारवाही गर्न र पत्रकारलाई स्वतन्त्र र सुरक्षित पत्रिकारिता गर्ने वातावरण निर्माण गर्न एवं पत्रकार गोलेको उपचार व्यवस्था मिलाउन सरकारसँग माग गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments