Attacks on Media

पत्रकारलाई गोली ठोक्ने धम्की

22 Dec, 2015

नेपाल प्रेस युनियन सर्लाही शाखाका सदस्य विश्वनाथ ठाकुर र केन्द्रीय प्रतिनिधि ओमप्रकाश ठाकुरलाई तराई मधेशमा भइरहेको आन्दोलनको समाचार संकलनका क्रममा मिति २०७२।०९।०६ गते सोमबारका दिन सदरमुकाम मलंगवामा सुरक्षाकर्मीवाट भएको दुर्व्यवहार र धम्कीप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

आन्दोलनको फोटो खिच्ने क्रममा पत्रकारद्धयलाई क्यामेरा फुटाइदिन्छु र गोली ठोक्छु भन्दै सुरक्षाकर्मीबाट दुर्व्यवहार र धम्की दिने कार्यको युनियन निन्दा गर्छ । कुनैपनि आन्दोलनमा पत्रकार आफ्नो धर्मवाट च्युत हुन सक्दैन् । प्रतिकुल अबस्थामापनि धर्म निर्वाह गर्नुपर्ने कठिन दायित्व निर्वाह गर्ने पत्रकार माथी सुरक्षाकर्मीवाट भएको दुर्व्यवहार र धम्कीको युनियन आपत्ति जनाउँछ ।

सुरक्षाकर्मीवाट पत्रकार माथी भएको दुर्व्यवहार र धम्कीको निन्दा गर्दै अभद्र ब्यबहार गर्नेहरु उपर कारबाही गर्न युनियन जोडदार माग गर्दछ ।

Written By

Nepal Press Union Nepal Press Union

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746

Comments