Press Statement
पत्रकारलाई दिइएको धम्की आपत्तिजनक
23 Dec, 2015नेपाल पत्रकार महासंघ सर्लाही शाखाका उपाध्यक्ष विश्वनाथ ठाकुर र सभासद ओमप्रकाश ठाकुरलाई आन्दोलनको समाचार संकलनको क्रममा सुरक्षाकर्मीबाट दिइएको धम्की र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघ सर्लाही शाखाका अनुसार सदरमुकाम मलंगवाहमा पुस ६ गते भएको आन्दोलनको समाचार संकलन गरिरहेको पत्रकारद्वयलाई फोटो खिच्ने क्रममा सुरक्षाकर्मीले धम्क्याएका थिए ।
विभिन्न चुनौतीको सामना गर्दै पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारलाई सुरक्षाकर्मीले सुरक्षाको प्रत्याभूति दिनुपर्नेमा उल्टो धम्की दिनु आपत्तिजनक छ । महासंघ सुरक्षाकर्मीबाट भएको यस्तो व्यवहारको भत्र्सना गर्दछ । साथै, पत्रकारलाई निर्वाध र सुरक्षित पत्रकारिताको वातावरण निर्माण गर्न स्थानीय प्रशासनसँग माग गर्दछ ।
Written By
Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, February 2023 02/15/2023 Download
- IFJ South Asia Media Bulletin, January 2023 01/18/2023 Download
- Nepal Press Freedom report 2022 01/03/2023 Download