Press Statement

पत्रकारलाई दिइएको धम्की आपत्तिजनक

23 Dec, 2015

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका उपाध्यक्ष विश्वनाथ ठाकुर र सभासद ओमप्रकाश ठाकुरलाई आन्दोलनको समाचार संकलनको क्रममा सुरक्षाकर्मीबाट दिइएको धम्की र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ सर्लाही शाखाका अनुसार सदरमुकाम मलंगवाहमा पुस ६ गते भएको आन्दोलनको समाचार संकलन गरिरहेको पत्रकारद्वयलाई फोटो खिच्ने क्रममा सुरक्षाकर्मीले धम्क्याएका थिए ।

विभिन्न चुनौतीको सामना गर्दै पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारलाई सुरक्षाकर्मीले सुरक्षाको प्रत्याभूति दिनुपर्नेमा उल्टो धम्की दिनु आपत्तिजनक छ । महासंघ सुरक्षाकर्मीबाट भएको यस्तो व्यवहारको भत्र्सना गर्दछ । साथै, पत्रकारलाई निर्वाध र सुरक्षित पत्रकारिताको वातावरण निर्माण गर्न स्थानीय प्रशासनसँग माग गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments