Press Statement

नेपाल ः पत्रकारलाई धम्की दिएको घटनाप्रति महासंघको भर्त्सना

09 Apr, 2020

नेपाल पत्रकार महासंघ खोटाङ शाखाका सचिव उत्तम चौलागाईलाई प्रकाशित समाचारको विषयलाई लिएर नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघका गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ खोटाङ शाखाका अनुसार चैत्र २३गते प्रभाव न्यूज डटकममा क्वारेन्टिनमा मानिस राख्न कांग्रेस सभापतिको अवरोध’ शीर्षकमा समाचार प्रकाशित भएपछि सभापति श्रेष्ठले सचिव चौलागाईलाई पैसामा बिकेर समाचार लखेको,भेटघाटमा राम्रै चिनजान हुन्छ’ भन्ने जस्ता शब्द प्रयोग गरी धम्क्याएका थिए ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र पद्धति छ । त्यसलाई बेवास्तागर्दै प्रमुख दलका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यस किसिमले धम्क्याउनु आफैंमा निन्दनीयर दुःखद् विषय हो । महासंघ यो घटनाको भर्त्सना गर्दै पत्रकारलाई स्वतन्त्र एवं निर्वाधरुपमा काम गर्ने वातावण निर्माण गर्न र पत्रकारको सुरक्षामा ध्यान दिन स्थानीय प्रशासनसँगमाग गर्दछ ।

साथै, कोरोना भाइरस (कोभिड १९) को उच्चसंक्रमणको चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटेका पत्रकारलाई सही र सहजढंगबाट सूचना उपलब्ध गराउन र सघाउन सम्बन्धित सबैमा आग्रह गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments