Nepal
पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति महासंघको विरोध
04 Nov, 2015‘एस काठमाण्डु डटकम’ अनलाईनमा कात्तिक १७ गते ‘भीआइपीको इन्धनमै कालोबजारी’ शीर्षकमा प्रसारित समाचारको विषयलाई लिएर सो अनलाइनमा कार्यरत सञ्चारकर्मीद्वय मनोज खतिवडा र पार्वती थापालाई नेपाल प्रहरीको सीआइबीले हिजो पक्राउ गरी तीन घण्टा नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रसारित समाचारप्रति चित्त नबुझे वा गुनासो रहे आचारसंहिता उल्लंघनको विषय भए प्रेस काउन्सिल र कानुन उल्लंघनका अन्य विषय भए न्यायिक उपचारका विकल्प हुँदाहुँदै यसरी पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । महासंघ पत्रकारको सुरक्षा चुनौतीलाई थप जटिल बनाउने यस्तो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दै घटनाको छानवीनको माग गर्दछ । र, संविधानप्रदत्त प्रेसको अधिकारको सम्मान गरी निर्वाध र सुरक्षितरुपमा पत्रकारिताको अभ्यास गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।
यसैगरी आन्दोलनरत पक्षले पर्सामा कात्तिक १७ गते प्रहरीलाई लक्षित गरी प्रहार गरिएको प्रट्रोल बम आक्रमणबाट समाचार संकलन गरिरहेका नेपालवाणी साप्ताहिकका पत्रकार विद्यार्थी गिरी र अर्का पत्रकार भरत नेपाल घाइते भएकोमा महासंघ दुःख व्यक्त गर्दछ । साथै, महासंघ तराइ मधेश क्षेत्रमा पत्रकारिता र पत्रकारको सुरक्षा र स्वतन्त्रता अत्यन्तै गम्भीर अवस्थामा रहेकोमा चिन्ता व्यक्त गर्दै आन्दोलनरत पक्ष र सुरक्षाकर्मी दुवैलाई पत्रकारको भौतिक सुरक्षा र निर्वाध प्रेस स्वतन्त्रता उपभोगको वातावरण बनाउन ध्यानाकर्षण गराउँदछ ।
Written By
Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, February 2023 02/15/2023 Download
- IFJ South Asia Media Bulletin, January 2023 01/18/2023 Download
- Nepal Press Freedom report 2022 01/03/2023 Download