Press Statement

पत्रकारलाई नियन्त्रणमा लिएकोमा महासंघको विरोध

08 Nov, 2016

‘दैनिक मानसखण्ड’का संवाददाता दिनेशसिंह महरा समाचार संकलन गर्न कञ्चनपुर जिल्ला प्रहरी कार्यालय पुगेकाबेला प्रहरीले बिना कारण २ घण्टा नियन्त्रणमा लिएको घट्नाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

समाचार संकलन गर्ने क्रममा प्रहरी नायव उपरीक्षक नैनसिंह कार्कीलाई भेट्न प्रतिक्षा गरिरहेको अवस्थामा सम्वाददाता महरालाई कात्तिक २१ गते प्रहरीले २ घण्टा नियन्त्रणमा राखेको दैनिक मानसखण्डका प्रधानसम्पादक खेम भण्डारीले महासंघमा जानकारी गराएका छन् ।

नागरिकलाई सुसूचित गराउने दायित्व निर्वाहमा जुटेका पत्रकारलाई बिनाकारण नियन्त्रणमा लिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ घट्नाको घोर निन्दा गर्दछ । र, घट्नामा संलग्न दोषीमाथि विभागीय कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न र निर्भयताका साथ समाचार संकलन गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments