Press Statement

पत्रकारलाई बदनाम गरिएकोमा महासंघको विरोध

24 Jul, 2016

नेपाल पत्रकार महासंघ कालिकोट शाखाका सचिव रत्न कार्कीलाई प्रकाशित समाचारको विषयलाई लिएर नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य खेमबहादुर सिंहले पत्रकार सम्मेलन गरी सचिव कार्कीको नामै किटान गरेर खेद प्रकट गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

साउन २ गते स्थानीय कर्णाली पाईला साप्ताहिकको रैबार स्तम्भमा प्रकाशित सामाग्रीलाई लिएर साउन ५ गते पत्रकार सम्मेलन गरेर पत्रकार कार्कीको बद्नाम गरिएको कालिकोट शाखाले जनाएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रेह त्यसउपर कानुनी उपचारका विकल्पलाई छाडेर पत्रकारलाई यसरी सार्वजनिकरूपमा बद्नाम गराउनु प्रेस स्वतन्त्रतमाथिको हस्तक्षेप हो । महासंघ पत्रकारलाई बद्नाम गराउने यस घटनाको कडा भत्र्सना गर्दै घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न स्थानीय प्रशासनसँग माग गर्दछ । साथै, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पाटीको पनि ध्यानाकर्षण गराउँदछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments