Press Statement

पत्रकारिताको मान्य सिद्धान्त र पत्रकार आचारसंहिताविपरीत प्रकाशन–प्रसारण हुनु खेदजनकः महासंघ

20 Dec, 2015

राष्ट्रपति विद्यादेवी भण्डारी विवाहा पञ्चमीको अवसरमा जनकपुरको जानकी मन्दिरमा पुजा अर्चनामा संलग्न भएको विषयलाई लिएर अत्यन्तै निकृष्ट शब्दहरू प्रयोग गरी लाञ्छित गरिएको र सो विषयको समाचार त्यहाँबाट प्रकाशित जनकपुर टुडे दैनिकमा प्रकाशित भएको विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

मानवीय सभ्यता, संस्कृति र संवैधानिक व्यवस्थाका विपरीत भएका यस्ता गतिविधि र पत्रकारिताको मान्य सिद्धान्त र पत्रकार आचारसंहिताविपरीत प्रकाशन–प्रसारण हुनु खेदजनक छ । महासंघ त्यस्तो प्रकाशन–प्रसारण गर्ने सञ्चारमाध्यमलाई गल्ती सच्याउन र प्रेस काउन्सिल नेपाललाई पत्रकार आचारसंहिता विपरीतका प्रकाशन–प्रसारणको अनुगमन गर्न आग्रह गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments