Press Statement

पत्रकारिताको व्यावसायिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले दश लाखको अक्षयकोष खडा

24 Oct, 2016

नेपाल पत्रकार महासंघ र अमेरिकामा क्रियाशील संस्था मदरल्याण्ड नेपालबीच पत्रकारिताको व्यावसायिक विकासमा टेवा पु¥याउने उद्देश्यले १०,००,००० (दश लाख रुपैयाँ) बराबरको अक्षयकोष खडा गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा आज सोमबार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट र मदरल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डेले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

हस्ताक्षर कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष डा. विष्टले अक्षयकोष स्थापनाले नेपालको समग्र पत्रकारिता र विशेषगरी पत्रकारितामा लैंगिक समानताको विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुुभयो । उहाँले कोष सहयोगका लागि मदरल्याण्ड नेपाललाई धन्यबाद व्यक्त गर्नुभयो ।

हस्ताक्षर कार्यक्रममा बोल्दै मदरल्याण्ड नेपालका अध्यक्ष अनिले पाण्डेले आफु पनि पत्रकारिताको क्षेत्रमा नजिकै रहेको हुँदा यस्ता खाले अक्षयकोषले पत्रकारहरुलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कोषबाट प्राप्त हुने व्याजले तत्काललाई पत्रपत्रिका, रेडियो, टेलिभिजन वा अनलाईनमा प्रकाशित प्रसारित लैङ्गिक समानता हासिल गर्न समाजलाई अभिप्रेरित गर्ने खोजपूर्ण, पुरुष सहभागिता प्रोत्साहन, पैरवीयुक्त र प्रभावशाली समाचार, आलेख तथा पैरवी पत्रकारिताका लागि मूल्याङ्कनका आधारमा एक राष्ट्रिय तह र एक प्रदेश तहको गरी लैङ्गिक सन्तुलन मिलाएर प्रत्येक वर्ष दुई जना पत्रकारलाइ लैङ्गिक समानता पत्रकारिता पुरस्कार प्रदान गरिने छ ।

हस्ताक्षर कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष खिलबहादुर भण्डारी, कोषाध्यक्ष सूर्यमणि गौतम, केन्द्रीय सदस्य ईश्वरी वाग्लेका साथै मदरल्याण्ड नेपालका प्रतिनिधि र पुरस्कार कोष स्थापना सहजीकरण गर्नुहुने पत्रकार कपिल काफ्लेलगायतको सहभागिता रहेकोे थियो ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments