Press Statement

पत्रकार आक्रमणको भर्त्सना

10 Jun, 2016
समाचार प्रसारण गरेकै आधारमा हिमाल एफएम सोलुखुम्बुका प्रबन्ध निर्देशक तथा नेपाल प्रेस यूनियनका केन्द्रिय पार्षद भानुभक्त निरौलामाथि एमालेका पूर्व जिल्ला सचिव बुद्धिकुमार राजभण्डारी र आश्विन थापाद्धारा सांघातिक आक्रमण भएको छ ।
शुक्रबार सोलुखुम्बु जिल्ला प्रसासन कार्यालय अगाडीनै निरौलामाथि आक्रमण भएको हो । स्थानीय शान्ति समिति सोलुखुम्बुका संयोजक समेत रहेका राजभण्डारीले सञ्चारकर्मी निरौलालाई ‘तेरो रेडियोमा शान्ति समितिको समाचार किन प्रशारण गरिस्‘ भन्दै भौतिक आक्रमण गरेका थिए ।
समाचार लेखेकै आधारमा धम्की दिदै, सञ्चारकर्मी माथि सांघातिक आक्रमण हुनु प्रेस स्वतन्त्रता विपरित हो । संविधानले नै प्रदत्त गरेको अधिकारलाई कुण्ठित गर्ने गरी भएको आक्रमणप्रति नेपाल प्रेस यूनियन घोर आपति जनाउदछ । यो स्वतन्त्र प्रेस माथिको नाङगो हस्तक्षप हो । यसप्रति यूनियनको गम्भीर ध्ययानाकर्षण भएको छ ।
दोषीलाई कानुनी कारवाही गरी प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रेस यूनियन माग गर्दछ ।

Written By

Nepal Press Union Nepal Press Union

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746

Comments