Press Statement

पत्रकार आक्रमणको भर्त्सना

30 May, 2017

बुटवलस्थित लुम्बिनी टेलिभिजनका समाचार वाचक एवं खस्यौली रेडियो बुटवलका कार्यक्रम प्रस्तोता तथा बुलन्द साप्ताहिकका क्षेत्रीय प्रतिनिधि कृष्णप्रसाद पाण्डेमाथि हिजो जेठ १५ गते भएको कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

अर्घाखाँची मालारानी–८ निवासी पत्रकार पाण्डेलाई जेठ १५ गते मालारानी–६ को रतनमारे प्रहरी चौकीको अगाडि प्रहरीकै बीचमा आफूलाई माओवादी केन्द्रको कार्यकता बताउने ५÷६ जनाको समूहले कुटपिट गरी घाइते बनाएको पीडितले जनाएका छन् । कुटपिटबाट गम्भीर घाइते पाण्डेलाई हिजै राति काठमाडौं ल्याई वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएको छ ।

नागरिकको सुरक्षार्थ तैनाथ प्रहरीकै बीचमा आक्रमण हुँदा प्रहरी रमिते हुनु दुःखद् पक्ष हो । महासंघ पत्रकार पाण्डेमाथि भएको आक्रमणको भत्र्सना गर्दै घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन सम्बन्धित निकायसँग माग गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments