Press Statement

पत्रकार खनालमाथि भएको आक्रमणको निन्दा

08 Jan, 2016

नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद एवं एभिन्यूज टेलिभिजन नेपालगन्जका क्षेत्रीय प्रमुख कृष्ण खनालमाथि अज्ञात समूहद्वारा हिजो पुस २२ गते राति नेपालगन्जको त्रिवेणीमोडमा भएको संघातिक हमलाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ बाँके शाखाका अनुसार, नियमित काम सकेर घरजाने क्रममा उनीमाथि राति करिव ८ बजेतिर प्रहार भएको सिसाको बोतलले देब्रे कोखामा गहिरो घाउ लागेको छ । यस घटनाले पत्रकारको भौतिक सुरक्षामाथिको चुनौती र प्रेस स्वतन्त्रताको अवस्थाको थप उजागर गरेको छ । साथै, घटनामा संलग्न भएको आशंकामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिई छानबिन गरिरहेको शाखाले जनाएको छ ।

महासंघ उक्त आक्रमणको कडा शब्दमा निन्दा गर्दै घटनाको दोषीको पहिचान गरी तत्काल कानूनी कारवाहीको दायरामा ल्याउन, घाइते पत्रकारको उपचार व्यवस्था मिलाउन एवं सम्पूर्ण पत्रकार र सञ्चारसंस्थाको सुरक्षामा थप संवेदनशीलता देखाउन संबद्ध पक्षसंग माग गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments