Press Statement

पत्रकार थपलियाको निधनले महासंघ स्तब्ध

01 Jul, 2018
नेपाल पत्रकार महासंघका सदस्य एवं कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक यादव थपलियाको उपचारको क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा असार १५ गते ४० वर्षको अल्पायुमै निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध र मर्माहत भएको छ । सामान्य ज्वरो आएर घरमा आराम गरिरहेका पत्रकार थपलियालाई ज्वरोले च्यापेपछि असार १३ गते अस्पताल भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार पत्रकार थपलियालाई भाइरल इन्फ्लुएन्जा भएको थियो । स्वर्गीय थपलियाका श्रीमती र २ छोरी छन् ।

लामो समयदेखि पत्रकारितामा सक्रिय थपलियाले नयाँ विकल्प साप्ताहिक, जनपुकारका साप्ताहिक, खोजतलास साप्ताहिक, सन्ध्याकालीन दैनिक, स्पेसटाइम दैनिक, नयाँपत्रिका दैनिक, नागरिक दैनिक लगायतमा काम गर्नुभएको थियो । साहित्यिक क्षेत्रमा समेत क्रियाशील रहुन भएको पत्रकार थपलियाको निधनले नेपाली पत्रकारिता जगतले एक जुझारु, निर्भीक, कुशल र अनुभवी पत्रकार गुमाएको छ । नेपाल पत्रकार महासंघले यस घटनालाई नेपाली पत्रकारितता क्षेत्रको अपुरणीय क्षतिको रुपमा लिएको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय थपलियाप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै मृतआत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments